वीरगञ्ज महानगरले ल्यायो ३ अर्ब २१ करोडको बजेट
टुडेपाटी-
पर्सा, असार ७ गते ।
मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जले आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँको अनुमानित बजेट ल्याएको छ।
बुधबार महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले नगरसभाको १३औं अधिवेशनमा आर्थिक वर्ष २०८०।०८१ का लागि उक्त अनुमानित आयव्यय बजेट प्रस्तुत गरेका हुन्।
कुल बजेटमध्ये चालु तर्फ २ अर्ब ४८ करोड ८५ लाख ५ हजार रुपैयाँ अर्थात ७७ प्रतिशत र पूँजीगत तर्फ ६८ करोड ८७ लाख १५ हजार रुपैयाँ अर्थात २२ प्रतिशत बजेट विनियोजन गरिएको छ।
यस्तै वित्तीय व्यवस्था तर्फ ३ करोड ६३ लाख २४ हजार रुपैयाँ अर्थात १ प्रतिशत बजेट छुट्याएको छ।
महानगरको यो बजेट चालु आर्थिक वर्षको तुलनामा १२ करोड २८ लाखले कम छ।
Sponsored