TodayPati

महोत्तरीको एभरेष्ट चिनी मिलद्वारा उखु किसानको बक्यौता रकम भुक्तानी

टुडेपाटी-
महोत्तरी, असार ६ गते ।

महोत्तरीको एभरेष्ट चिनी मिलले यो वर्ष खरिद गरेका उखुको वृद्धि रकम किसानलाई भुक्तानी गरेको छ ।

प्रति क्विन्टल वृद्धि रकम २० रुपियाँको दरले मिलले पाँच करोड २६ लाख १४ हजार नौ सय ४० रुपियाँ किसानको खातामा जम्मा गरेको एभरेष्ट चिनी मिलका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरले जानकारी दिए ।

Sponsored

यसअघि मिलले १७ पटक गरी साबिक पाँच सय २० रुपियाँ प्रति क्विन्टलको दरले १ अर्ब ४० करोड २५ लाख रुपियाँ भुक्तानी गरी सकेको थियो ।

सरकारले आर्थिक वर्ष ०७९।८० का लागि अनुदानबाहेक उखुको मूल्य प्रति क्विन्टल २० रुपियाँ वृद्धि गरी पाँच सय ४० रुपियाँ तोकेको थियो । तर मिलले उत्पादित चिनी विक्री हुन नसकेको जनाउँदै सुरुमा साबिक मूल्य प्रति क्विन्टल पाँच सय २० रुपियाँको दरले मात्र चैत महिनामा भुक्तानी गरेको थियो ।

एभरेष्ट चिनी मिलले क्रसिङ सिजन ०७९।८० लागि महोत्तरी, सर्लाही, रौतहट र धनुषा जिल्लाका १२ हजार पाँच सय ९० जना कृषकबाट २६ लाख ३० हजार ७४७ क्विन्टल उखु खरिद गरी दुई लाख ४२ हजार ३ क्विन्टल चिनी उत्पादन गरेको थियो । मिलले खरिद गरेका सबै उखुको १७ पटक गरी किसानहरूको खातामार्फत भुक्तानी सकेको हो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *