TodayPati

मास्टर सेफ सन्तोष जनकपुरमा संचालनमा ल्याए ‘मिथिला थाली’

टुडेपाटी-
जनकपुरधाम, असार ६ गते ।

जनकपुरधाममा मिथिला खाना परिकार सहितको विशिष्ठ होटल ‘मिथिला थाली’ संचालनमा आएको छ । अन्तराष्ट्रियस्तरमा ख्याति कमाएका मास्टर सेफ सन्तोष साहले जनकपुरधामको रामानन्दचोकमा मिथिला थाली होटल संचालनमा ल्याएका हुन् ।

यस होटलमा विशुद्ध मिथिला परिकारका खाना पाइनुका साथै खाना परिकारका सरसमानहरु समेत उपलब्ध हुने छ । बढदो आधुनिकतासँगै विलुप्त हुँदै गएको बथुवा सागको बिरियाको सब्जी, तिलौरी, दनौरी, फुलौरी, ओलको तरकारी, बडीकढी लगायतका परिकारलाई ताजापन गर्न र विश्वस्तरसम्म पुरयाउने उद्देश्यले मिथिला थाली नामक होटल संचालनमा ल्याइएको संचालक साहले बताए ।

Sponsored

साहका अनुसार घर जस्तै परम्परागत रुपमा माटोको चुल्होमा खाना पकाउने, तरकारीको मसला सिलौटामा पिसेर प्रयोग गर्ने, बिरिया, तिलौरी, फुलौरी र आफै तयार गरेको आँपको आचार जस्तै परिकार होटेलमा उपलब्ध छ ।

मिथिला खाना शुद्ध शाकाहारीका साथै मंसाहारीतर्फ मिथिलाको पहिचान माछाको विशेष परिकार थालीको आर्कषण रहने उनले जनाए ।

साहले मिथिला खानाको परिकारलाई देशका पहाड र हिमाल भेग सहित विदेशमा समेत पहिचान बनाउन मिथिला थाली एउटा ब्राण्ड बनाउन खोजेका बताए ।

Sponsored

साहका अनुसार यस मिथिला थाली होटलमा शाकाहारी खाना तर्फ २ सय ५० रुपैयामा दाल, भात, बिरिया सहितका अन्य तरकारी, भुजिया, पापर, साग, चोखा, आचार, दही, बडकढी, सेबई खिर सहित २७ प्रकारका परिकार दिइने छ । उ

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *