वडा सदस्यको निधनमा भंगहा नगरपालिका कार्यालयमा आज शोक बिदा
टुडेपाटी-
जनकपुरधाम, असार ४ गते ।
भंगहा नगरपालिकाका एक दलित वडा सदस्यको निधन भएकोमा छ । वडा नं. ६ की दलित महिला वडा सदस्य श्रीवती देवी दासको गए राति अल्पआयुमै निधन भएको हो ।
उनको निधनमा भंगहा नगरपालिकाले नगरपालिका कार्यालय र वडा कार्यालयहरुमा शोक विदा दिएको छ ।
मेयर संजिव कुमार साहले एक शोक वक्तव्य जारी गर्दै मृतक वडा सदस्य दासप्रति श्रद्धाञ्जली अर्पन गर्दै उनको निधनमा आज नगरपालिका कार्यालय र वडा कार्यालयहरुमा शोक विदा रहेको जानकारी गराएका हुन् ।