धनुषा प्रहरीको हिरासत कक्षबाट फरार थुनुवा साढे ४ महिनापछि पक्राउ
टुडेपाटी–
जनकपुरधाम, जेठ २७ गते ।
धनुषा प्रहरीको हिरासत कक्षको पर्खाल फोडेर फरार भएका थुनुवा साढे ४ महिनापछि पक्राउ परेका छन् ।
शनिबार बिहान साढे १० बजे ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटेको प्रहरी टोलीले भारतको सितामढीबाट महोतरीको औरही बजार स्थित आफ्नो दिदिको घरमा आउँदै गरेको अवस्थामा फरार थुनुवालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
गत माघ १६ गते बिहान करिब साढे ३ बजेको समयमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाको हिरासत कक्षको पर्खाल भत्काई फरार भएका क्षिरेश्वरनाथ नगरपालिका २ रमदैया बस्ने २५ वर्षीय रोशन यादव पक्राउ परेको प्रहरीले जनाएका छन् ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरको थुनुवा कक्षबाट ६ जना थुनुवाहरू फरार भएकोमा ५ जना पक्राउ परेपछि एकजना पक्राउ पर्न सकेका थिएनन् ।
Sponsored