TodayPati

नेपालमा हिन्दु धर्म मान्नेको संख्या ८१ प्रतिशतभन्दा बढी

टुडेपाटी-
जनकपुरधाम, जेठ १९ गते ।

नेपालमा ८१ प्रतिशतभन्दा बढी हिन्दुधर्माबलम्बीको संख्या रहेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को जाति र धर्म सम्बन्धी तथ्यांक शुक्रबार सार्वजनिक तथ्यांक अनुसार नेपालमा १० वटा धर्म मान्ने मानिसहरुको बसोबास छ ।

नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ मध्ये सबभन्दा धेरै २ करोड ३६ लाख ७७ हजार ७४४ जना अर्थात् ८१.१९ प्रतिशतले हिन्दु धर्म मान्छन् ।

Sponsored

यस्तै २३ लाख ९३ हजार ५४९ जना अर्थात् ८.२१ प्रतिशतले बौद्ध धर्म, ५.०९ प्रतिशतले इस्लाम, ३.१७ प्रतिशतले किराँत र १.७६ प्रतिशतले क्रिश्चियन धर्म मान्ने गरेको पाइएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *