TodayPati

मधेश प्रदेश : प्रहरीद्वारा एक हजार बोरा रासायनिक मल बरामद

टुडेपाटी–
रौतहट, बैशाख ३० गते ।

भारतबाट तस्करी गरी ल्याएको एक हजार बोरा रासायनिक मल रौतहट प्रहरीले बरामद गरेको छ ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीको संयुक्त टोलीले रासयनिक मल बरामद गरेको हो । मल बरामदका क्रममा प्रहरीले चार राउन्ड हवाई फायर समेत गरेको थियो ।

Sponsored

भारत सीमानासँग जोडिएको राजपुर नगरपालिका–५ स्थित स्कुल चोकमा रहेको रुद्रा साह र साजन साहको घरमा लुकाएर राखिएको रासायनिक मल बरामद गरिएको रौतहटका प्रहरी प्रमूख प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले बताए ।

मल बरामदका क्रममा तस्कर र स्थानीयबासीले अवरोध गर्न खोजेका थिए । सोहीबेला एकसय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरी युरिया तथा डीएपी मल बरामद गरिएको प्रहरी उपरीक्षक बुढामगरले बताए।

प्रहरीले मल तस्करी गरेको आरोपमा रुद्रा साह र कन्हैया साहलाई नियन्त्रणमा लिएको छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *