TodayPati

पक्राउ परेका पूर्वगृहमन्त्री खाँणलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

टुडेपाटी–
काठमाडौँ, बैशाख २७ गते ।

पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणलाई ४ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाँणलाई अनुसन्धानका लागि हिरासतमा राख्न अदालतले अनुमति दिएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणी नेउपानेले बताए ।

Sponsored

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनलाई अनुसन्धानका लागि प्रहरीले बुधबार मैजुबहालस्थित निवासबाट पक्राउ गरेको हो । बुधबार नै उनका स्वकीय सचिव नरेन्द्र केसीसमेत पक्राउ परेका छन् ।

आरोपितहरूको बयानका आधारमा अनुसन्धानमा खाँण तानिएका हुन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *