मधेश प्रदेश : हिरालगायतका गरगहनासहित भारतीय नागरिक पक्राउ
टुडेपाटी–
पर्सा, बैशाख २५ गते ।
पर्सा प्रहरीले करिब ३० लाख रुपैयाँ बराबरको गरगहनासहित वीरगन्जबाट एक भारतीय नागरीकलाई पक्राउ गरेको छ ।
शुक्रबार बिहान ११ बजेको समयमा भारतबाट अवैधरूपमा सुन, हिरा तथा विभिन्न किसिमका पत्थरहरू ल्याउँदै गरेको भन्ने विशेष सूचनाको आधारमा वीरगन्ज महानगरपालिका–१६ शंकराचार्य गेटस्थित सडकखण्डबाट जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतबाट वीरगन्जतर्फ शंकास्पद रुपमा आउँदै गरेका भारत हौँडा जिल्ला डोमजुर ग्राम बदमपुर टोल बस्ने ४५ वर्षीय बुद्धदेव मैतीलाई पक्राउ गरेको हो ।
मैतीको शरीरको तलासी गर्दा उनले लगाएको गाढा निलो रङको ज्याकेटको गोजीमा लुकाइछिपाइ राखिएको सुन जस्तो देखिने पहेलो धातुको सिक्री २७ थान (२ सय २४ दशमलव ८ ग्राम), हिरा जस्तो देखिने टल्कने कालो सेतो पत्थर २१ दशमलव ९ ग्राम, पोल्की हिरा जस्तो देखिने पत्थर ५ दशमलव २० ग्राम, हरियो पन्ना जस्तो देखिने पत्थर ६ दशमलव ७८ ग्राम, रातो रुबी जस्तो देखिने पत्थर ८ दशमलव ४९ ग्राम, निलो रंगको निजम २ दशमलव ३८ ग्राम, तलमरी पत्थर ७२ ग्राम, रूबी जस्तो देखिने रातो पत्थर २१ ग्राम, रातो रंगको (कृत्रिम स्टोन ११ दशमलव ६ सय ग्राम फेला परेका थियो ।
२९ लाख ४४ हजार ६ सय ३३ रुपैयाँ बराबरका ती गरगहनासहित मैतीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए ।
Sponsored