TodayPati

सर्लाहीमा एक महिलाको शव फेला

टुडेपाटी-
सर्लाही, बैशाख २४ गते ।

सर्लाहीमा एक महिलाको शव फेला परेको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका ९ वस्तीपुरचोक नजिक आइतबार बिहान साढे ४ बजे एक अपरिचित महिलाको शव फेला परेको हो ।

कुनै गाडीले ठक्कर दिँदा उनको मृत्यु भएको हुन सक्ने प्रहरीको आशंका छ । महिला मागिखाने जस्तो देखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *