TodayPati

मधेश प्रदेश : मलेशियामा भएको विवादलाई लिएर झगडा हुँदा १० जना घाइते

टुडेपाटी–
सप्तरी, बैशाख ४ गते ।

सप्तरीमा दुई पक्षबीच झैझगडा हुँदा १० जना घाइते भएका छन् ।

सोमबार बिहान सप्तरीको बिष्णुपुर गाउँपालिका ४ स्थित बैदेशिक रोजगारको क्रममा मलेशियामा भएको वादविवादको बिषयलाई लिएर झै–झगडा हुँदा बँचाउन गएका एकजनासहित १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Sponsored

दुई पक्षबीचको झगडा छुटाउन जाँदा स्थानीय देवानन्द कुमार साहको टाउकोमा चोट लागेको छ ।

यस्तै, सो झगडामा रन्जित खंग, राजाराम खंग, भुबिन्द्र खंग, रमेश खंग, रामसुनार देबी, बिनोद खंग, अशोक खंग, सुरजि कुमारी खंग र धर्म देव मण्डल घाइते भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

घाइतेहरुको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा उपचार भइरहेको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *