TodayPati

मधेश प्रदेश : एटीएमको सिसा तोडफोड गर्ने दुईजना पक्राउ

टुडेपाटी-
जनकपुरधाम, बैशाख १ गते ।

एटीएमबाट पैसा ननिस्कदा बुथको ढोकामा तोडफोड गर्ने दुईजनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अग्निसाईर कृष्णसवरण गाउँपालिका २ बस्ने ३८ वर्षीय सुबास कुमार चौधरी र २५ वर्षीय निराजन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Sponsored

बिहिबार साँझ अग्निसाईर कृष्णसवरण ६ महुली बजार स्थित माच्छापुछे बैकको एटीएमबाट पैसा निकाल्न जादा पैसा ननिस्केको कारण रिसले  दुबैजनाले एटीएमको बुथको ढोकाको सिसा लात र हातले हानि फुटाई रहेको अवस्थामा सेक्युरिटी गार्डले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *