जनकपुरधाम उपमहानगरद्वारा विद्यार्थीको छात्रवृतिमा भ्रष्टाचार !
टुडेपाटी–
जनकपुरधाम, चैत ३० गते ।
जनकपुरधाम उपमहानगरपालिकाले विद्यार्थीको नाममा निकासा भएको छात्रवृति रकममा अनियमितता गरेको पाइएको छ ।
उपमहानगरपालिकाले विद्यार्थीलाई दिएको छात्रवृति रकमको भर्पाई समेत पेश नगरेकाले अनियमितता भएको शंका गरिएको छ ।
बिहिबार सार्वजनिक भएको महालेखापरीक्षकको ६० औँ वार्षिक प्रतिवेदन अनुसार उपमहानगरपालिकाले छात्रवृतिका लािग ४६ विद्यालयमा ३३ लाख ८४ हजार निकासा गरेको हो ।
छात्रवृत्ति वितरण कार्यक्रम कार्यान्वयन पुस्तिका, २०७८ मा इआइएमआइएसमा प्रवृष्टि भएको संख्याको आधारमा विद्यार्थी संख्या यकिन गरी मात्र छात्रवृत्ति निकासा गर्नुपर्ने व्यवस्था छ ।
तर जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ मा इआइएमआइएसमा प्रवृष्टि भएको संख्याको आधारमा विद्यार्थी संख्या यकिन नगरी सो रकम निकासा गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
Sponsored
प्रतिवेदनमा भनिएको छ, ‘उपमहानगरपालिका अन्तर्गतका ३२ विद्यालयले रू २५ लाख ५६ हजार बराबरको रकम आर्थिक वर्ष समाप्त भएको ८ महिना सम्म पनि विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको पाइएन । छात्रवृत्ति वितरणको भर्पाइ पेस हुनुपर्दछ ।’