धनुषामा विद्युत चुहावट गर्ने पाँचजना पक्राउ
टुडेपाटी-
जनकपुरधाम, चैत ३० गते ।
धनुषाबाट विद्युत चुहावट गर्ने पाँचजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषा र विद्याुत वितरण शाखा यदुकोहाको संयुक्त टोलिले पाँचजनालाई पक्राउ गरेको हो ।
हंशपुर नगरपालिका र जनकनन्दनी गाउँपालिकाबाट पाँचजनालाई विद्युत चुहावट गरिरहेको अवस्थामा पक्राउ गरी अवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।