प्रादेशिक अस्पताल सिरहामा आगलागी, डायलासिसका विरामीको मृत्यु
टुडेपाटी–
जनकपुरधाम, चैत २९ गते ।
प्रादेशिक अस्पताल सिरहामा आगलागी हुँदा डाइलाइसिसका एकजना विरामीको मृत्यु भएको छ ।
बुधबार दिउँसो सिरहा नगरपालिका–७ स्थित प्रादेशिक अस्पतालको जेनेरेटर राखेको घरमा आगलागी भएको हो ।
आगो दिउँसो करिब २ बजेको समयमा भएको स्थानीय पत्रकार मुकेश श्वामीले बताए ।
विद्युत सर्ट भएर आगलागी हुँदा बिरामीहरुको भागाभाग भएको थियो । सोही क्रममा डायलासिस गर्न पुगेका एकजना बिरामीको मृत्यु भएको छ ।
बरियारपटी गाउँपालिका–३ बस्ने किड्नीका बिरामी ६० वर्षीय प्रदिप दासको हेमोग्लोबिन कम हुँदा उपचारकै क्रममा मृत्यु भएको छ ।
Sponsored