मधेश प्रदेश : विद्युत चुहावट गर्ने ६ जना पक्राउ
टुडेपाटी–
जनकपुरधाम, चैत २८ गते ।
सप्तरीमा विद्युत चुहावट गर्ने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी र नेपाल विद्युत प्राधिकरणका कर्मचारीको संयुक्त टोलीले जिल्लाको विभिन्न स्थानबाट विद्युत चुहावट गर्ने ६ जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका ४ लालपट्टी बस्ने ६० वर्षीय शत्रुध्न यादव, वडा नं. ५ लोखरम बस्ने ४० वर्षीय शिवशंकर पंडित, ५५ वर्षीय गंगा सुतिहार, २५ वर्षीय गणेश मेहता, वडा नं. ४ लालापट्टी बस्ने ५८ वर्षीय राजेन्द्र प्रसाद यादव र ५० वर्षीय रामचन्द्र रजक रहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीका लागि जिप्रकामा बुझाइएको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Sponsored