मधेश प्रदेश : कारले मोटरसाइकलमा ठक्कर दिँदा छोरीको मृत्यु, बुबा गम्भीर घाइते
टुडेपाटी
जनकपुरधाम, चैत २७ गते ।
सप्तरीमा कारले मोटरसाइकलमा ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । बुबा गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका ९ बगाटोलका ३६ वर्षीय ध्रुब बस्नेतका १० वर्षीया छोरी एंजिला बस्नेत छन् । मोटरसाइकल चलालक मृतक बालिकाकी बुबा ध्रुव भने गम्भीर घाइते भएका हुन् ।
आइतबार दिउँसो सप्तरीको खडक नगरपालिका ७ कल्याणपुर बजार स्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जाँदैगरेको बा ३ च ५२९३ नम्बरको कारमा विपरीत दिशातर्फबाट आउदै गरेको को १५ प १९१ नम्बरको मोटरसाइकलमा ठक्कर दिएको थियो ।
बुबा ध्रव चलाइरहेको मोटरसाइकलमा छोरी एंजिला पछाडि सावार थिइन् । गम्भीर घाइते बुबा छोरीको छिन्नमस्ता अस्पताल राजबिराज सप्तरीमा उपचार भइरहेकोमा सवा ३ बजे बालिका एंजिलाको मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।
डिएसपी सिंहका अनुसार कोकारमा मोटरसाइकल ठक्करलागी पश्चिम तर्फ आउँदै गरेको ना ६ ख ९८५२ नम्बरको ट्रकको पछाडी ठक्कर लागेर दुर्घटना भएको पाइएकाले कार, कार चालक र ट्रक र ट्रक चालकलाई पनि नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।