मधेश प्रदेश : स्रोत नखुलेको रकमसहित युवक पक्राउ
टुडेपाटी-
सर्लाही, चैत २३ गते ।
स्रोत नखुलेको रकमसहित सर्लाहीबाट एक युवक पक्राउ परेका छन् ।
जिल्लाको मलंगवा नगरपालिका ८ भन्सार सीमा इलाकाबाट सोमबार करिब ३ लाख २० हजार नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
भारत घर बताउने २७ वर्षीय राकेश कुमार तिवारीलाई प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवा (बिओपी मलंगवा)ले रुपैयाँसहित नियन्त्रणमा लिइएको हो।
भारतीय नम्बरको मोटरसाइकलमा सवार तिवारीलाई जाँच गर्दा उनको साथमा फेला परेको रुपैयाँको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो।
बरामद भएको उल्लेखित रुपैयाँमा १ सय दरको २ सयवटा, ५ सय दरको २ सय ७० वटा र १ हजार दरको १ सय ६५ वटा नोट रहेको छ।
Sponsored