प्रेस सेन्टर नेपाल सर्लाहीको अध्यक्षमा श्रवण थापा
टुडेपाटी–
सर्लाही, चैत ९ गते ।
नेकपा माओवादी केन्द्रनिकट प्रेस सेन्टर नेपाल सर्लाहीको जिल्ला अध्यक्षमा श्रवण थापा चयन भएका छन्।
सर्लाहीको बागमतीमा सम्पन्न प्रेस सेन्टरको विशेष जिल्ला सम्मेलनले थापाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको हो।
समितिको उपाध्यक्षमा क्षितिज विश्वकर्मा र शर्मिला रमौली मगर, सचिवमा राधेश्याम कुशवाहा, सहसचिवमा सलिना मगर र जितेन्द्र कुशवाहा चयन भएका छन्।
यस्तै, कोषाध्यक्षमा राजेश पाठक, सदस्यहरूमा चन्द्रबहादुर जिम्बा, शिवकुमार कुशवाहा, हरि निरौला, मन्दिरा लामिछाने, जितेश यादव, अविशेष यादव र अनिता साह चयन भएका छन्।
Sponsored