मधेश प्रदेश : बाटोको विषयलाई लिएर कुटपिट हुँदा ६ जना घाइते
टुडेपाटी–
जनकपुरधाम, चैत ९ गते ।
सप्तरीमा बाटोको विषयलाई लिएर कुटपिट हुँदा ६ जना घाइते भएका छन् ।
गएराति सप्तरीको रुपनि गाउँपालिका २ पिपराही बस्ने ६५ वर्षीय रामदेव मण्डल र ३० वर्षीय गनु मण्डलबीच बाटोको विषयलाई लिएर दुवै पक्षबीच झै–झगडा तथा कुटपिट हुदाँ ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घाइतेभएकाहरुको स्थानिय युनिक अस्पताल रायपुरमा उपचार भई रहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
कुटपिटमा रामदेव पक्षका उनीसहित उनको नातिनी १६ वर्षीया निमा कुमारी मण्डल, नाति ८ वर्षीय रुपेश कुमार मण्डल, लक्ष्मण मण्डलको छोरा १६ वर्षीय संजय मण्डल घाइते भएका छन् ।
यस्तै, गनु पक्षका ३० वर्षीय मण्डलसहित उनको आमा ६५ वर्षीया दुखनि देवि मण्डल घाइते भएको प्रहरीले जनाएका छन् ।
Sponsored