TodayPati

सपहीको विपी माविमा कक्षा ९ र ११ का विद्यार्थीलाई झोला वितरण

टुडेपाटी-
जनकपुरधाम, चैत ४ गते ।

धनुषाको लक्ष्मीनियाँ वडा नं. ४ सपही स्थित विपी कोइराला माध्यमिक विद्यालयमा कक्षा ९ र ११ का विद्यार्थीलाई झोला वितरण गरिएको छ ।

शुक्रबार कक्षा ९ का विद्यार्थीलाई शिक्षा विकास निर्देशनालय मधेश प्रदेशले उपलब्ध गराएको ज्योमेट्रीबक्ससहितको झोला वितरण गरिएको हो । कक्षा ९ का ११४ विद्यार्थीलाई झोला वितरण गरिएको प्रधानध्यापक जयकुमार यादवले जानकारी दिए ।
यस्तै वडा नं. ४ ले कक्षा ११ का विद्यार्थीलाई झोलासहित शैक्षिक सामग्री वितरण गरेको छ ।

Sponsored

विद्यालयका प्रधानाध्यापक जयकुमार यादवको अध्यक्षता तथा लक्ष्मीनिया गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्रको प्रमुख आतिथ्य एवं शिक्षा विकास निर्देशनालयक निर्देशक चुडामणि फुयालको विशिष्ट आतिथ्यमा झोला वितरण गरिएको हो । सो अवसरमा वडा नं. ४ का वडाध्यक्ष रमेश कुमार साह, गाउँपालिकाका प्रमुख प्रशासकीय अध्यक्ष नागेन्द्र यादव, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *