मधेश प्रदेश : स्कुल बसको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु
टुडेपाटी–
बारा, चैत ३ गते ।
बारामा स्कुल बसको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु भएको छ ।
बाराको कलैया उपमहानगरपालिका १ मोतिबाघस्थित बालमन्दिर नजिक बसले ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा भारतको बिहार राज्य मुझफरपुर घर भइ कलैया उपमहानगरपालिका १ मोतिबाघ बस्ने विनोदकुमार सोनारको तीन वर्षीय छोरा कार्तिककुमार साह रहेका छन् ।
वीरगन्ज महानगरपालिका १४ मा रहेको गुरुकुल एकेडेमीको ना २ ख ४२१० नम्बरको बसले बालक साहको टाउकोमा किचेको थियो ।
प्रहरीले बससहित चालक नन्दकुमार साहलाई नियन्त्रणमा लिएको जनाएको छ ।
Sponsored