TodayPati

दूधको मूल्य बढाउने तयारी

टुडेपाटी–
काठमाडौं, फागुन ९ गते ।

सरकारले दूधको मूल्य बढाउने तयारी गरेको छ ।

महँगीलाई कारण देखाउँदै राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा गरेसँगै सरकारले मूल्य बढाउने तयारी गरेको हो ।

Sponsored

बोर्डले गत २ फाुगनमा मन्त्रालयलाई मूल्य विश्लेषण प्रपितवेदन बुझाएको थियो ।

जसअनुसार लिटरमा १४ रुपैयाँसम्म लागत महँगिएको भए पनि १० रुपैयाँ मात्रै बढाउन सिफारिस गरिएको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ ।

‘ब्याजदर, इन्धनमा भएको मूल्यवृद्धि र दाना चोकरको मूल्यका कारण किसानहरु नोक्सानीमा गएको देखियो,’ बोर्डका निमित्त कार्यकारी निर्देशक बालक चौधरीले भने, ‘किसान बचचाउनका लागि १० रुपैयाँसम्म मूल्य बढाउनु पर्ने देखियो ।’

Sponsored

किसानको दुग्ध उत्पादन लागतबारे बोर्डले सातै प्रदेशमा अध्ययन गरेको थियो । जसअनुसार मूल्य बढाउनै पर्ने देखिएको उनले बताए ।

मूल्य बढ्न प्रतिवेदनबारे मन्त्रालयले थप छलफल गरेर मन्त्रिपरिषद्‍मा मूल्य सिफारिस गर्नेछ । सरकारले मूल्य बढाउनेबारे निर्णय लिनु पर्छ ।

तर, कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले दूधको मूल्यबारे जानकारी नभएको बताए ।

गत वर्ष २८ माघमा सरकारले सबै प्रकारका दूधको उपभोक्ता मूल्य लिटरमा ९ देखि १४ रुपैयाँसम्मले बढाएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *