मधेश प्रदेश : एक महिनामा लागूऔषधसहित १२१ जना पक्राउ
टुडेपाटी–
जनकपुरधाम, फागुन ८ गते ।
प्रतिबन्धित लागूऔषधसहित मधेश प्रदेशबाट एक महिनाको अवधिमा १२१ ज्ना पक्राउ परेका छन् ।
आर्थिक वर्ष २०७९÷८० को माघ महिनामा ८४ वटा मुद्दा दर्ता हुँदा १२१ ज्ना पक्राउ परेको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यस अवधिमा प्रहरीले गाँजा ६८ किलो १२५ ग्राम, ब्राउन सुगर १७ ग्राम ६४० मिलिग्राम, चरेस २९ ग्राम, हिरोईन ४ ग्राम, डाईलेक्स डिसी ११९ लिटर बरामद गरेको छ ।
यस्तै, ट्याब्लेट ३ हजार ५८ पिस र इन्जेक्सन २ हजार ५५३ पिस बरामद गरेको प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।
Sponsored