TodayPati

फागुनसम्म मोटरसाइकलको कर तिरे पाँच वर्षको जरिवाना छूट

टुडेपाटी–
काठमाडौँ, माघ २६ गते ।

आगामी फागुनभित्र मोटरसाइकलको कर बुझाए पाँच वर्षको जरिवाना तिर्नु नपर्ने भएको छ।

बिहिबार यातायात व्यवस्था कार्यालय, काठमाडौंले एक सूचना प्रकाशित गर्दै मोटरसाइकलको कर बुझाएमा पाँच वर्षको जरिवाना छूट दिने व्यवस्था गरिएको जनाएको छ।

Sponsored

यातायात व्यवस्था कार्यालयले भनेको छ, ‘२०७९ साल फागुन मसान्तभित्र सवारी साधन कर बुझाउन आएमा प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ वा प्रचलित कानून बमोजिम लाग्ने सो अवधिको जरिवाना छुटको व्यवस्था गरेकाले विगत आर्थिक वर्षहरूदेखि कर तिर्न बाँकी भएका सवारी साधनका सवारी धनीहरूले उक्त व्यवस्थाको लाभ लिनहुन सूचित गर्दै आफ्नो नाममा दर्ता कायम सवारी साधनहरूको कर जरिवाना तथा नविकरण दस्तुरहरू समयमै भुक्तानी गर्नुहुन अनुरोध गरिन्छ।’

त्यस्तै, प्रयोगमा नआएका मोटरसाइकलको पनि लगत कट्टा गर्न सकिने भएको छ। यसमा पनि जरिवाना नलाग्ने यातायात व्यवस्था कार्यालयले जनाएको छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

One thought on “फागुनसम्म मोटरसाइकलको कर तिरे पाँच वर्षको जरिवाना छूट

  • February 9, 2023 at 4:15 pm
    Permalink

    मो.सा.खरिद गर्दानै एकै चोटि आजिवन कर लिनु पर्छ यसले गर्दा किसान ,मजदुरहरुको महत्त्वपूर्ण समयको बचत हुनुको साथै एकमुष्ट उठेको रकम कुनै राम्रो काम देशको आर्थिक उन्नति मा लगाउन सकिन्छ।विचार गरौ।

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *