मधेश प्रदेश : १८ लाख नेपाली रुपैयाँसहित दुई युवक पक्राउ
टुडेपाटी–
पर्सा, माघ २६ गते ।
सशस्त्र प्रहरीले हेल्मेटभित्र लुकाई छिपाई ल्याउँदै गरेको १८ लाख नेपाली रुपैयाँ र २ हजार भारतीय रुपैयाँसहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरीले पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित बीरगंज रक्सौल सडकखण्डबाट भारत घर बताउने २६ वर्षिय राकेश कुमार र २७ वर्षिय प्रसंजित कुमारलाई नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया कमाण्डको खटेको टोलीले भातरीय नम्बर प्लेटको दुई वटा मोटरसाईकलमा नेपालतर्फ आउँदै गरेका राकेश कुमारको हेल्मेटभित्र ९ लाख र प्रसंजित कुमारको हेल्मेटभित्र ९ लाख नेपाली रुपैयाँ तथा प्रतिबन्धित ५ सय दरको ४ थान भारतीय रुपैयाँ समेत फेला परेका थियो ।
फेला पारिएको नेपाली रुपैयाँको श्रोत खुलाउन नसकेपछि उनीहरुलाई नियन्त्रणमा लिईएको हो ।
पक्राउ परेका दुवै जनालाई रुपैयाँ तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यायल पर्सामा बुझाईएको छ ।
Sponsored