TodayPati

चन्द्रनगर गाउँपालिकाको सरकारी कार्यालय र विद्यालयमा ई–हाजिरी

टुडेपाटी-
सर्लाही, माघ २५ गते ।

सर्लाहीको चन्द्रनगर गााउँपालिकाले मातहतका निकायमा अगामी फागुन १ गतेदेखि ई–हाजिरी लागु गर्ने भएको छ ।
गाउँपालिका कार्यालयका सम्पूर्ण शाखा, वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालयमा फागुन १ गतेदेखि अनिवार्य ई–हाजिरी गर्नुपर्ने व्यवस्था गर्न पत्राचार गरेको छ ।

पालिका अध्यक्ष राजकुमार महतोले मातहतका निकायमा पठाएको पत्रमा प्रत्येक महिना ई–हाजिरीमा गयल देखिएको दिनको नियम अनुसारको कागजातसहित उचित कारण नदेखाए गयल कट्टी हुने छ । सम्बन्धित कार्यालय वा विद्यालयमा जडान गरिएको ई–हाजिरी मेसिनको सुरक्षाको जिम्मेवारी त्यस कार्यालयको कार्यालय प्रमुख र विद्यालय प्रधानाध्यापक हुनेछन् ।
ई–हाजिरी मेसिनमा कुनै समस्या देखिए गाउँपालिकाको सूचना अधिकृत र प्रशासन शाखा प्रमुखलाई तत्काल जानकारी गराई मेसिन सुचारु गराउनु पर्ने पालिका अध्यक्ष महतोको भनाइ छ ।

Sponsored

पत्रमा अधिकृत र प्रशासन शाखा प्रमुखले पनि यथासम्भव छिटो मेसिन सुचारु गराउनुपर्ने, यस सम्बन्धि ढिलासुस्ती भए सम्बन्धित कार्यालय वा विद्यालयका प्रमुखले प्रमुख प्रशासकीय अधिकृत वा गाउँपालिका अध्यक्षलाई सम्पर्क गर्न भनेका छन् ।
जनतालाई सेवा प्रदान गर्ने काममा कागजात बिना अनुपस्थित हुने गलत अभ्यास अन्त्य गरी गुणस्तरीय सेवाप्रवाह गर्नेमा गाउँपालिकाले विश्वास लिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *