धनुषामा अबैध रुपमा बालुवा तथा गिट्टी उत्खनन् गरि ल्याउने ९ वटा टिपर नियन्त्रणमा
टुडेपाटी–
जनकपुरधाम, माघ २४ गते ।
अबैध रुपमा बालुवा तथा गिट्टी उत्खनन् गरि ल्याउने ९ वटा टिपरलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ ।
मंगलबार दिउँसो क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित जलाद खोलाबाट अवैध बालुवा÷गिट्टी उतखन्न गरि ल्याई रहेको गोप्य सूचनाको अधारमा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका १ शहिद चोक र वडा नं. १३ पिडारी चोक स्थितमा बेंगाशिवपुरतर्फबाट आउदै गरेको बालुवा र गिट्टी लोड रहेका टिपरहरू नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीले ना ८ ख ८३६२, ना ८ ख २०४६, ना ७ ख ६३९५, ना १ क ६८५८, ना ७ ख ९०२७, प्रदेश ००१ ख १८९९, प्रदेश २–०३–००१ क १९७६, ना ८ ख २२० र एउटा अनटेस्ट पिटर नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
प्रहरीले नियन्त्रणमा लिएको टिपर मंगलबार नै जिल्ला समन्वय समिति धनुषामा बुझाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
Sponsored