TodayPati

महोत्तरीमा बालिकाको अपहरणगरि हत्या गरेका दोषीलाई जन्मकैदको सजाय

टुडेपाटी–
महोत्तरी, माघ २४ गते ।

महोत्तरीमा दुई वर्षअघि ६ वर्षीया बालिकाको अपहरणगरि हत्या गरेको घटनामा जिलला अदालतले दोषीलाई जन्मकैदको फैसला सुनाएको छ ।

महोत्तरीको बर्दिवास नगरपालिका– १४ सुगमबस्तीनिवासी सादिम आलकी ६ वर्षीया छोरी गुवालसा खातुनको हत्या प्रकरणमा जिल्ला अदालतले बालिका हत्यामा बर्दिबास– १४ सुगमबस्तीमै घर रहेका अरुणकुमार साहलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो।

Sponsored

फैसलामा उनलाई आजीवन काराबासमा राख्न भनिएको छ। अदालतले पीडितलाई एक लाख क्षतिपूर्तिसमेत दिन आदेश दिएको छ।

न्यायाधीश रामचन्द्र खड्काको इजलासले सो फैसला गरेको हो।

जिल्ला अदालतका श्रेस्तेदार मदनप्रसाद जयसवालले सोमबार सो फैसला भएको जानकारी दिए।

Sponsored

साहमाथि अपहरण, जबर्जस्ती करणी र कर्तव्य ज्यानको मुद्दा लगाइएको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *