TodayPati

सरकारी बिदा घटाउने मुडमा प्रधानमन्त्री प्रचण्ड

टुडेपाटी–
काठमाडौँ, माघ २४ गते ।

सरकारी बिदा धेरै हुँदा सेवा प्रवाह प्रभावित भएको भन्दै त्यसमा पुनर्विचार गर्नुपर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताए ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो कुरा बताएका हुन् ।

Sponsored

प्रधानमन्त्री प्रचण्डले सरकारी बिदाहरू धेरै हुँदा यसले जनताका काम गर्ने समय कम भएको भन्दै, उनले भने, ‘सेवा प्रवाहमा समस्या देखिएको छ। यसबारे पुनर्विचार आवश्यक छ भनेर हामीले मन्त्रिपरिषदमा पनि छलफल गरेका छौँ। गृहकार्य गरेर यसमा पुनर्विचार गर्नुपर्छ।’

प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवसमा एकै प्रकृतिका कार्यक्रम गरिँदै आएकाले त्यसबारे समेत थप छलफल आवश्यक रहेको प्रधानमन्त्रीले बताए ।

बैठकले आगामी फागुन ७ गते विविध कार्यक्रमका साथ प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ । त्यसका लागि प्रधानमन्त्रीको संयोजकत्वमा मूल समारोह आयोजक समिति गठन गरिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *