TodayPati

करारमा कर्मचारी भर्ना नगर्न माग गर्दै जनकपुरमा प्रदर्शन

टुडेपाटी-
जनकपुरधाम, माघ २३ गते ।

करार सेवामा कर्मचारी भर्ना नगर्न माग गर्दै जनकपुरधाममा प्रदर्शन भएको छ ।
प्रदेश र स्थानीय तहमा करारमा कर्मचारी भर्ना गर्दा पनि प्रदेश लोकसेवा आयो निस्कृय जस्तै भएको भन्दै विद्याथार्थीहरुले प्रदर्शन गरेका हुन् ।

करार पदपुर्ति बन्द गर, मधेश प्रदेश लोकसेवा आयोग निष्कृया भएर बस्न मिल्दैन, विज्ञापनको वार्षिक कार्यतालिका समावेश गरी सार्वजनिक गर लगायतको नारा लेखिएको प्लेकार्डसहित जनकपुरको बाह्रविघामैदानबाट सुरु भएर प्रदेश लोकसेवा अयोग र मुख्यमन्त्री कार्यालयसम्म प्रर्शन गरेका थिए ।

Sponsored

उनीहरुले मुख्यमन्त्री सरोजकुमार यादवलाई ज्ञापन पत्र बुझाउँदै प्राविधिक कम्युटर अपरेटर तर्फको विज्ञापन खुलाउन समेत माग गरेका छन् ।


‘मधेस प्रदेश लोकसेवा आयोगलले आफ्नो अधिकारको अधिकतम प्रयोग गरी प्रदेश र स्थानीय तहमा रिक्त रहेका कम्प्यूटर अपरेटर पदका संख्या माग गरी नियमित रुपमा विज्ञापन गर्नु पर्ने विषयमा गम्भिर ध्यानकर्षण गराउन चाहन्छौ । अन्यथा विद्यार्थीहरुमा पर्न गएको मानसिक असर प्रति स्यम मधेश प्रदेश लोकसेवा आयोग जवाफदेही हुनुपर्ने छ ।’ ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री यादवले कम्प्युटर अपरेटर सम्बन्धि पदको विज्ञापन खुलाउन ऐन संशोधन गरी समावेश गर्ने आश्वासन दिएको प्रदर्शनकारी विद्यार्थी तर्फकी नेतृत्वकर्ता इन्दु सिंहले बताइन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *