धनुषामा अधिकृत संगममा परिचयपत्र विवरण भर्ने व्यवस्था शुरु
टुडेपाटी–
जनकपुरधाम, माघ २३ गते ।
धनुषामा अधिकृत संगमले न्यून सेवा शुल्क लिएर राष्ट्रिय परिचयपत्रको विवरण भर्ने व्यवस्था शुरु गरेको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दहालको निर्देशनमा अधिकृत संगम धनुषाले कम्प्युटर, प्रीन्टर खरिद गरेर दुई जना कर्मचारीलाई परिचालन गरेको छ ।
व्यवस्थित तरिकाले अधिकृत संगम धनुषाले नै न्यून सेवा शुल्क लिएर राष्ट्रिय परिचयपत्रको विवरण भर्ने व्यवस्था गरेपछि सेवाग्राहीहरु पनि खुशी भएका छन् ।
बाहिर दुई सय देखि ५ सयसम्म पनि लिने गरेकोमा अधिकृत संगमले १ सय सेवाशुल्कमा अनलाईन मार्फत विवरण भर्ने व्यवस्था सोमवार देखि नै शुरु गरेको छ ।
अधिकृत संगमले शुरु गरेको सेवावाट पहिलो दिनमा डेढ दर्जन जनताले लाभ लिएका छन् । अधिकृत संगमले गरेको आम्दानीवाट संगमका कर्मचारीहरुको हकहितका साथै सामाजिक क्षेत्रमा विभिन्न प्रकारको कामकाज गर्दै आएको छ ।
Sponsored
निकट भविष्यमा नै अधिकृत संगमवाट नै अनलाईन पासपोर्टको फारम भराउने कामको शुरुआत गरिने धनुषाका प्रमुख जिल्ला अधिकारी दहालले जानकारी दिए । यसवाट आम सेवाग्राही दलालको पञ्जामा फस्ने सम्भावना न्यून हुनुका साथै विचौलियाको विषयमा हुने गरेको गुनाशोमा सुधार आउने विश्वास रहेको छ ।