TodayPati

प्रादेशिक अस्पताल सुधारप्रति धनुषा र महोत्तरीका सांसदहरुको छैन चासो

टुडेपाटी-
जनकपुरधाम, माघ २३ गते ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत संचालित प्रादेशिक अस्पतालप्रति जनप्रतिनिधिहरु उदासिन बनेका छन् । आइतबार प्रतिष्ठानले अस्पतालेको सुधारको विषयमा छलफल तथा अन्तरक्रियाको लागि धनुषा र महोत्तरीका प्रतिनिधि सांसद र प्रदेशस सांसदहरुलाई पूर्व आमन्त्रणा पठाएको थियो ।

तर, सो छलफलमा प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुरिता साह, काँग्रेसका सांसद रामसरोज यादव र संजय महतो बाहेक कोही उपस्थित भएनन् । जवकी धनुषा र महोत्तरीमा प्रत्यक्ष र समानुपातिक गरी प्रदेश सांसद मात्र १४ जना छन् । संघीय भने आठजना छन् । आयोजकले २२ जना मध्ये महोत्तरी क्षेत्र नं. १ बाट निर्वाचित एमालेका लक्ष्मी महतो बाहेक २१ जनालाई पत्र पठाएर, फोन गरेर बोलाउँदा पनि ३ जना मात्र उपस्थित भएकोमा असन्तुष्टि पोखेको थियो ।

Sponsored

मधेशकै सबभन्दा बढी बिरामको चाप हुने र सेवाप्रवाह भद्रगोल रहेको प्रादेशिक अस्पतालको अवस्था सुधारप्रति उनीहरु बेपरवाह देखिएका हुन् । साविकको जनकपुर अञ्चल अस्पतालको नाम फेरिएर प्रादेशिक अस्पताल र प्रतिष्ठान अन्तर्गत राखे पनि सेवा प्रवाह पहिलाकै जस्तो झुर रहेकोमा सहभागीहरु गुनासो गरेका थिए ।

प्रतिष्ठानका राजिष्टार विनोद यादवले सरकारले प्रतिष्ठान स्थापना गरेपनि असहयोग गरिरहेको आक्रोश पोखेका थिए ।
कार्यक्रम प्रतिष्ठानका उपकुलपति रामकेवल दासको अध्यक्षता तथा सामाजिक विकास मन्त्री सुरिता साहको प्रमुख आतिथ्यमा भएको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *