महोत्तरीमा जीपको ठक्करबाट बालिकाको मृत्यु
टुडेपाटी–
महोत्तरी, माघ २२ गते ।
महोत्तरीमा जीपको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
महोत्तरीको लोहारपट्टी नगरपालिका–३ महदैया गाउँमा आइतबार जीपले ठक्कर स्थानीय चार वर्षीया अंशुकुमारी सहनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार लोहारपट्टीबाट जनकपुरधामतर्फ जाँदै गरेको बा १२ च ५९२४ नम्बरको जीपले घर अगाडि सडक पार गर्ने क्रममा सहनीलाई ठक्कर दिएको थियो ।
घटनास्थलमै बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Sponsored