TodayPati

वृद्धभत्ताको पैसा नदिएको भन्दै आमाको हत्या

टुडेपाटी–
धनगढी, माघ १७ गते ।

वृद्धभत्ताको पैसा नदिएपछि कैलालीमा छोराले बञ्चरो प्रहार गरी आमाको हत्या गरेका छन्।

मंगलबार लम्कीचुहा नगरपालिका वडा नं. ६ का ४० वर्षीया श्रीराम थारुले ७१ वर्षीया आमा लगनीदेवी थरुनीलाई बञ्चरो प्रहार गरेर हत्या गरेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Sponsored

बञ्चरो प्रहारबाट गम्भीर घाइते भएकी लगनीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए।

श्रीरामले वृद्धभत्ताको रकम नदिएको भन्दै आमालाई बञ्चरोले ढाड र खुट्टामा प्रहार गरेका थिए । श्रीरामलाई पक्राउ गरेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *