TodayPati

मधेश प्रदेश : नुनमा केमिकल मिसाएर पोटास भनी विक्री गर्ने एकजना पक्राउ

टुडेपाटी–
जनकपुरधाम, माघ १७ गते ।

प्रहरीले नुनमा केमिकल मिलाएर पोटास भनी विक्री गर्ने एकजनालाई सर्लाहीमा पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको गोडैता नगरपालिका ७ बस्ने ५५ वर्षीय मोहन दास रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Sponsored

दासले गोडैता ७ र ८ सञ्चालन गरेको माहालक्ष्मी कृषी सहकारी संस्था लि. र दास बिज भण्डारको पसलमा नुनमा विरला अक्साईड सिमेन्ट कलर नामक केमिकल मिसावट गरी बोरामा प्याक गरी पोटास भनी बिक्री गरी रहेको सूचनाको आधारमा प्रहरी सयौँ बोरा नक्कली पोटाससहित उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीलाई सूचना प्राप्त हुनासाथ तत्काल टोली उक्त स्थानमा बोराहरु खोली हेर्दा पारस सर्वोत्तम खाधको बोराहरुमा नुन र विरला अक्साईड सिमेन्ट कलर मिसावट गरी पारस सर्वोत्तम खाधको बोराहरुमा प्याक गरिएको अवस्थामा फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए ।

प्रहरीले माहालक्ष्मी कृर्षी सहकारी संस्था लि.गोडैता–७ बाट पारस सर्वोत्तम खाद इन्डोरमा इन्डिया प्रा.लि. लेखिएको प्रति बोरा ५० किलो दर भएको ३१ बेरा, खुल्ला बोरामा आधी २५ किलो भएको १ बोरा, आइपिएल डिएपी इन्डिया पोटास लि. लेखिएको पहेलो रङको सिलाएको प्रति बोरा ५० किलो भएको २० बोरा र सोही कम्पनीको खाली बोरा १ थान, साल्ट लेखिएको सेतो रङको (नुन) को प्रति बोरा ५० किलो दर भएको १०३ बोरा, बिरला अक्साइड सिमेन्ट कलर लेखिएको खाली प्याकेट ४ वटा र आधी आधी भरिएको २ वटा प्याकेट, बोरा सिलाउने मेसिन १ थान बरामद गरेको छ ।

Sponsored

यस्तै, दास बिज भण्डार गोडैता–८ बाट पारस सर्वोत्तम खाध इन्डोरमा इन्डिया प्रा.लि.लेखिएको प्रति बोरा ५० किलो दर भएको पहेलो रङको सिलाएको १० बोरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *