मधेश प्रदेश : थुनामा रहेको मान्छे छुटाउँछु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ
टुडेपाटी–
पर्सा, माघ १६ गते ।
प्रहरीले पक्राउ गरेको मान्छेलाई छोडाइदिन्छु भनी ठगी गरेको आरोपमा प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका ५ बस्ने ५२ वर्षीय धिरेन्द्रबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीले अनुसन्धानमा राखेको मानिसलाई छुटाइ दिन्छु भनी रकम असुल गर्ने गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
आइतबार यातायात कार्यालय पर्सा अगाडि सडकखण्डबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।
उनी विरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरूद्धको कसूरमा थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Sponsored