TodayPati

मधेश प्रदेश : मालपोत कार्यालयबाट ८ जना पक्राउ

टुडेपाटी–
वीरगञ्ज, माघ १६ गते ।

वीरगञ्जको मालपोत कार्यालय परिसरबाट प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।

सेवाग्राहीलाई हैरानी दिएको भन्दै दीपककुमार पटेल, सन्तोषकुमार राउत, राजकुमार साह, सुशीलकुमार साह, शुभनारायण महतो कोइरी, धमेन्द्रकुमार सहनी, सञ्जय चौहान र हरिओम गुप्तालाई प्रहरीले पक्राउ गरेको हो ।

Sponsored

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले मालपोत कार्यालयमा आएका सेवाग्राहीहरूलाई काम छिटो गराइदिन्छु भनेर बार्गेनिङ गरेको गुनासो आएपछि उनीहरुलाई पक्राउ गरेको जानकारी दिए ।

मालपोत कार्यालयमा सेवाग्राहीको फाइल बोकेर भित्र बाहिर गर्ने, प्रचलित कानून विपरीत अत्याधिक सेवा शुल्क लिने तथा सेवाग्राहीलाई अनावश्यक हैरानी दिने गरेको जनगुनासो पटक पटक आएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *