महोत्तरीको गौशाला नगरपालिकामा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन सुरु
टुडेपाटी–
जनकपुरधाम, माघ १५ गते ।
महोत्तरीको गौशाला नगरपालिकाबाट राष्ट्रिय परिचय पत्रको विवरण संलकन सुरु गरेको छ ।
ईलाका प्रशासन कार्यालय गौशालाका अतिरिक्त नगरपालिकामा समेत राष्ट्रिय परिचय पत्र विवरण संकलन स्थल तोकिएपछि आइतबारदेखि विवरण दर्ता कार्य सञ्चालन भएको हो ।
गौशालाका मेयर डा. दिपेन्द्र महतोको राष्ट्रिय परिचयको विवरण दर्ता गर्दै सेवा सञ्चालन गरिएको हो ।
विवरण संकलनका लागि १ जना दर्ता अपरेटर र १ जना सहयोगीको व्यवस्थापन गरिएको छ भने नगरपालिका सूचना प्रविधी अधिकृत रंजित कुमार बर्मा र सहायक चौथो इश्वर निरौलालाई रुजु अधिकारीको रूपमा जिम्मेवारी दिईएको हो ।
इलाका प्रशासन कार्यालयका अतिरिक्त गौशाला नगरपालिकाको कार्यालयमा समेत विवरण दर्ता केन्द्र सञ्चालन भएपछि केहि सहज हुने अपेक्षा गरिएको छ ।
Sponsored