TodayPati

रविले पुनः पाए नेपाली नागरिकता

टुडेपाटी–
काठमाडौँ, माघ १५ गते ।

रवि लामिछानेले पुनः नेपाली नागरिकता प्राप्त गरेका छन् ।

आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पुगेर पुनः नागरिकता प्राप्तिको प्रक्रिया पूरा गरेर लामिछानेले नागरिकता लिएको उनको सचिवालय जनाएको छ।

Sponsored

शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले उनले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि कानुनी प्रक्रिया पूरा नगरेको ठहर गर्दै सांसद पद खारेज गरेको थियो।

सर्वोच्चको फैसलापछि उनले सांसद पदका साथै उपप्रधान तथा गृहमन्त्री पद र राष्ट्रिष स्वतन्त्र पार्टीको सभापति पद गुमाएका थिए।

नेपाली नागरिकता प्राप्त गरेसँगै उनलाई आजै रास्वपाले सभापति बनाउने तयारी गरेको छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *