मधेश प्रदेश : चोरीको चुरोट किनेको आरोपमा वडाध्यक्ष पक्राउ
टुडेपाटी–
बारा, माघ १३ गते ।
प्रहरीले बाराको कलैया उपमहागरपालिकाका एक वडाध्यक्षको साथबाट चोरीको चुरोट बरामद भएपछि नियन्त्रणमा लिएको छ ।
कलैया ३ का वडा अध्यक्ष मोहन साह कानुलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार गणेश साहले सञ्चालन गरेको गोदामको ताल्चा फोडेर २ कार्टुन चुरोट चोरी भएको छ । एक कार्टुन चुरोटको एक लाख जति पर्ने दावी गोदाम सञ्चालकको छ ।
चोरीमा संलग्न रहेको आरोपमा पक्राउ परेका व्यक्तिले चुरोट वडाध्यक्षले खरिद गरेको भनेपछि उनलाई सोधपुछका लागि बोलाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
वडाध्यक्षलाई चोरी भएको चुरोट खरिद गरेको आरोप लागेपछि सोधपुछका लागि बोलाएको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।
Sponsored