इसेवाको कर्मचारी हुँ भनी रकम ठगी गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ
टुडेपाटी–
काठमाडौं, माघ १३ गते ।
इसेवा कार्यालयको आधिकारिक कर्मचारी हुँ भनी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा रौतहटको माधव नारायण नगरपालिका–२का १९ वर्षीय शुभम साह रहेको प्रहरीले जनाएका छन् ।
प्रहरीले साहको साथबाट बाइक, मोबाइलफोन २ वटा, १० वटा सिमकार्ड, ३ वटा एटीम कार्ड बरामद गरेको छ ।
उनले ३३ जना सेवाग्राहीको वालेट आइडीमा अनधिकृत रुपमा पहुँच पुर्याई विभिन्न बैंक खातामा करिब १६ लाख १३ हजार रुपैयाँ ट्रान्सफर गरी सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।
पक्राउ परेका उनीमाथि ठगी कसूरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको प्रहरीले जनाएको छ ।
Sponsored