जनकपुरधामका दुई युवकको अपहरण गरि भारतमा हत्या
टुडेपाटी–
जनकपुरधाम, माघ ८ गते ।
जनकपुरधामका दुई युवकको अपहरण गरि भारतमा हत्या गरिएको छ ।
करिब दुई साताअघि न्वारणको भोज खान गएका युवकको आइतबार भारतको सितामढी जिल्लाको परिहारमा शव फेला परेको प्रहरीले जनाएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका ८ का करिब २१ वर्षीय रोहित साह र वडा नं. १३ का अन्दाजी २२ वर्षीय विष्णु साहको शव फेला परेको हो ।
बिष्णुलाई लिएर रोहित भारतको सितामढी जिल्लाको बेला परिहार बस्ने आफ्न्तको घर गएपछि बष्णुका परिवारलाई फिरौतीको मांग सहित भारतिय नम्वरवाट फोन आइरहेको थियो ।
सुरुमा अपहरणकारीले ५० लाख मागेपनि पछि २० लाख रुपैयाँ लिएर छाड्ने सहमती भएको थियो ।
Sponsored