TodayPati

महोत्तरीको झा दम्पती हत्याकाण्डमा २ वर्षपछि थप एकजना पक्राउ

टुडेपाटी–
जनकपुरधाम, माघ ७ गते ।

महोत्तरीमा झा दम्पतीको हत्या गरेको आरोपमा थप एकजना पक्राउ परेका छन् ।

घटना भएको दुई वर्षपछि फरार रहेका पिपरा गाउँपालिका ५ बस्ने ७२ वर्षीय तेज नारायण झा नेपाल भारत सिमाबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Sponsored

झा घटना पश्चात फरार भएर भारतको गोवाटी शहरमा पुजारीको काम गर्दै आएका झा बेला बेलामा काकडभिट्टा नाका हुँदै आउजाउ गरिरहेको सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्युरो महाराजगंज काठमाडौँको सहयोगमा उनलाई पक्राउ गरिएको हो ।

सिआईबीको सहयोगमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटेको टोलीले शुक्रबार झापाको मेचीनगर नगरपालिका ६ स्थित नेपाल भारत सिमानाबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तोष कुमार पोखरेलले जानकारी दिए ।

पक्राउ परेका झाले हत्यामा मतियारको भूमिका निर्वाह गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

Sponsored

२०७७ साल फागुन १० गते राति महोत्तरीको पिपरा गाउँपालिका वडा नं. ५ सहोडवाका ६५ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीतादेवी छुट्टाछुट्टै ओछ्यानबाट ओछ्यानसहित बेपता भएका थिए । बेपता भएको एक महिनापछि चैत १२ गते पिपरा २ अतरार जानेबाटोमा झा दम्पतीको शव सडेगलेको अवस्थामा फेला परेको थियो ।

मुसाफिर झाका छोरा मनिष झाले कैलास झा, रामबाबु यादव, सुरेन्द्र यादव, राजेन्द्र भन्ने रजिन्द्र यादव र हरेन्द्र ठाकुर, तेज नारायण झा, तारा देवी झा, बिकास भन्ने बब्लु कुमार झा समेतले अपहरण गरी शरीर बन्धक बनाई हत्या गरेको भन्दै प्रहरीमा जाहेरी दरखास्त दिएका थिए ।

यसअघि प्रहरीले यस घटनामा ७ जनालाई नियन्त्रणमा लिएकोमा ३ जना कारागारमा रहेका छन् भने चारजना धरौटी दिएर रिहा भएका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *