TodayPati

धनुषाको सिडिओमा काशीराज दहाल आउँदै

टुडेपाटी-
जनकपुरधाम, माघ ७ गते ।

धनुषाका प्रमुख जिल्ला अधिकारीमा काशीराज दहाल आउँन लागेका छन् । सरकारले शुक्रबार ४२ जना सिडिएको एकैपटक काज सरुवा गरेको थियो । सोही काज सरुवमा मोरंग जिल्लाबाट दहालको सरुवा धनुषा जिल्ला भएको हो ।

धनुषाका प्रमुख जिल्ला अधिकारीको रुपमा रहेका सुरेन्द्र कुमार पौडेलको सरुवा भने चितवन जिल्ला भएको छ ।

Sponsored

महोत्तरी जिल्लाका बासिन्दा दहाल एकवर्ष अघिसम्म मधेश प्रदेश सरकारको अर्थ मन्त्रालयको सचिव थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *