TodayPati

मधेश प्रदेश : खाने तेल चोरी गर्ने तीन व्यापारीसहित चारजना प्रहरीको फन्दामा

टुडेपाटी–
बारा, कार्तिक ६ गते ।

प्रहरीले ठूलो परिमाणमा खाने तेलसहित बारामा चारजनालाई पक्राउ गरेको छ ।

नुवाकोटको शिवपुरी गाउँपालिका–१ का सुकमान तामाङ, रौतहट गौर नगरपालिका–१ का ३८ बर्षीय रमेशकुमार जयसवाल, रौतहटकै वृन्दावन नगरपालिका–६ का ३८ बर्षीय शेख कलाम र ४७ बर्षीय वैद्यनाथ साह तेलीलाई प्रहरीले पक्राउ गरेको हो ।

Sponsored

पक्राउ परेकाहरुमध्ये तामाङ ट्रक चालक हुन् भने तीन जना व्यापारी रहेको प्रहरीले जनाएको छ । आइतबार जिल्ला प्रहरी कार्यालय बारामा पत्रकार सम्मेलन गरेर प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको छ ।

परवानीपुर गाउपालिका–५ स्थित मनोकामना आयल एण्ड फुड प्रोसेसिङ प्रालिबाट सिन्धुलीको कमलामाई नगरपालिकास्थित रोविन सप्लायर्सका लागि पठाइएको तेल उनीहरुले रौतहटमा बेचेका थिए ।

बजार मूल्य ४९ लाख ४ हजार ९ सय १२ रुपैयाँ रहेको तेल उनीहरुले रौतहट लगेर ३९ लाख रुपैयाँमा बिक्री गरेको प्रमाण प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

Sponsored

तेल ढुवानीका लागि प्रयोग गरिएको ट्रक समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *