अटोबाट खस्दा एक जनाको मृत्यु
टुडेपाटी–
काठमाडौँ, कार्तिक ४ गते ।
अटोबाट खस्दा बाजुरामा एक जनाको मृत्यु भएको छ।
शुक्रवार साँफे–मार्तडी सडकअन्तर्गत पर्ने द्वारी खोल्सामा अटोबाट खस्दा बुढीगङ्गा नगरपालिका २ बजेडीका ४० वर्षीय मोती विकको मृत्यु भएको हो।
मार्तडीबाट बल्दे आउँदै गरेको सु.प्र.प ०१००१ ह ४०६३ नम्बरको अटोबाट खसेर घाइते भएका विकको उपचारका लागि जिल्ला अस्पताल बाजुरामा ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
चालक अहिले प्रहरीको नियन्त्रणमा छ भने यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
Sponsored