TodayPati

कमला सिँचाई प्रणाली मार्फत खेतमा पानी पुगेपछि किसान उत्साहित

रासस-
जनकपुरधाम, ३ कात्तिक (रासस)

धनुषाको सबैलाका किसान श्यामदेव यादवलाई यसपालि धानखेतीको समयमा सिंचाईको खासै समस्या भएन् ।
बिगतमा आकाशे पानीको भरमा खेती गर्दै आएका यादवलाई यसबर्ष धेरै बर्षा नभएपनि धानखेतीका लागि चाहिने सिंचाईको कुनै समस्या नभएपछि उहाँ उत्साहित हुनुभएको छ ।

किसानहरुलाई सिंचाई सुबिधान पु¥याउने उद्देश्यले कमला सिंचाई व्यवस्थापन कार्यालय धनुषाले कमला सिंचाई नहर प्रणाली अन्तर्गत सिंचाई सुबिधा पु¥याएपछि यादवले बर्षेनी धानबाली लगाउने बेलामा भोग्दै आएको सिंचाईको समस्याबाट छुटकारा पाउनुभएको छ ।

Sponsored

“अघिल्लो बर्षहरुमा खेती गर्न सिंचाईको ठुलै समस्या भोग्नु पर्दथ्यो”, यादवले भन्नुभयो,“तर यसपालि कुलोमा समयमै पानी आयो, त्यसैले समयमै धान खेती गर्न भ्याईयो ।” पहिलाको जस्तो यसपालि खेती गर्न पानीको कुनै समस्या भएन् उहाँको भनाई थियो ।

बिगतमा धानखेतीयका लागि बैकल्पिक सिंचाईको भर पर्नुपर्ने समस्या भोग्दै आएका सिरहाको औरहीका किसान असर्फी साहले पनि यसपालि धानखेतीका लागि पानीको कुनै समस्या नभएको बताउनुभयो ।

‘‘सिंचाई सुबिधा नहुदाँ खेतीपातीको लागि पहिला पहिला कि त आकाशे पानीको भर पर्नु पर्दथ्यो कि बिद्युतीय मोटर वा अन्य बैकल्पीक सिंचाईको व्यवस्था गरेर खेती गर्नुपर्दथ्यो”, साहले भन्नुभयो,‘‘तर यसपालि कुलोमा पानी आएपछि सहज रुपमा सिंचाई गर्न पाएँ ।” अब सायद हामीलाई सिंचाई गर्न पानीको खासै समस्या हुँदैन् होला, उहाँको विश्वास छ ।
‘‘केही बर्षअघि सम्म गाउँका अधिकांश किसानहरु आकाशे पानीको भरमा खेती गर्दै आएका थिए”, साहले भन्नुभयो,‘‘जसका कारण समयमा बर्षाको भएको बर्षमा राम्रो धान खेती हुन्थ्यो, बर्षा नहुदाँ अधिकांश खेत बाँझो नै रहन्थ्यो ।” तर पुर्वी नहर मार्फत किसानको खेतमा पानी आएपछि खेती गर्न सहज भएको छ उहाँले भन्नुभयो ।

Sponsored

बिगतका बर्षहरुमा बर्षा नहुदाँ धनुषा, सिरहा, महोत्तरी र सप्तरीका अधिकांश खेतीयोग्य जग्गा बाँझो रहने समस्यालाई दृष्टिगत गरी कमला सिंचाई व्यवस्थापन कार्यालय धनुषाले कमला नदीबाट सिंचाई गर्न बिभिन्न पुर्वाधारहरु निर्माण गरेपछि किसानको खेत खेतमा पानी पुगेको हो ।

सो कार्यालयका अनुसार आर्थिक बर्ष २०७८/७९ मा धनुषा र सिंरहातर्फ करिब ६ किलो मिटर पक्की नहर निर्माण गरेको छ । सो अबधीमा पानी निकास र नियन्त्रणका लागि ५३ वटा पानी निकास गेट र ३५ वटा भिआरबी निर्माण गरिएको कमला सिंचाई व्यवस्थापन कार्यालय धनुषाका प्रमुख बिरेन्द्र यादवले जानकारी दिनुभयो ।

यस्तै सो अबधीमा धनुषा, सिरहा, सप्तरी र सिरहामा गरी चार जिल्लामा ३३ वटा डिप ट्युबेल जडानसँगै ५४ वटा डिप ट्युबेलमा पम्प हाउस तथा स्टोरेज ट्यांक समेत निर्माण गरिएको कार्यालय प्रमुख यादवले बताउनुभयो ।
प्रमुख यादवका अनुसार आर्थिक बर्ष २०७८÷७९ मा सिरहाको औरहीमा एउटा साइफन, सिरहाकै बिष्णुपुरस्थित हनुमान चौकमा एउटा स्केप र सिरहाको अर्नमा गाउँपालिकास्थित मैनावती खोलामा दुई वटा हेडवक (पक्की बाँध) समेत निर्माण गरिएको छ ।

कमला सिंचाई पश्चिमी नहर प्रणाली अन्तर्गत धनुषाको पुर्वी नहर प्रणाली, पश्चिमी नहर प्रणाली र हर्दिनाथ सिंचाई प्रणालीमा करिब १० किलोमिटर सडकमा ग्राभेल गरिएको प्रमुख यादवको भनाई छ ।
सिरहाको औरही शाखामा दुई वटा ड्रप स्टेक्चर निर्माणसँगै ४१ किलो मिटर नहरमा सरसफाई गरिएको छ । आर्थिक बर्ष २०७८÷७९ मा ६०८ मिटर क्षेत्रफलमा नहर तथा संरचना संरक्षण कार्य गरिएको, २८ स्थानमा आउटलेट र आठ स्थानमा इनलेट निर्माण कार्य गरिएको कार्यालय प्रमुख यादवले बताउनुभयो ।

सो कार्यालयद्वारा निर्माण गरिएको सिंचाई संरचनाका कारण आर्थिक बर्ष २०७८÷७९ मा धनुषा, सिरहा, सप्तरी, महोत्तरीमा करिब एक हजार ६९५ हेक्टर क्षेत्रफलमा सिंचाई सुबिधा पुगेको प्रमुख यादवले जानकारी दिनुभयो ।
कमला सिंचाई पश्चिमी नहर प्रणाली, पुर्वी नहर प्रणाली र हर्दिनाथ नहर प्रणाली मार्फत बर्षायाममा २५ हजार हेक्टर क्षेत्रफलमा सिंचाई हुँदै आएको जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *