TodayPati

मधेश प्रदेश : बस दुर्घटनामा मृत्यु भएका १८ जनाकै सनाखत

टुडेपाटी–
बारा, असोज २१ गते ।

बारामा बस दुर्घटनामा परेर ज्यान गुमाएका १८ जनाकै सनाखत भएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका २२ अम्लेखगञ्जमा बिहीबार यात्रुबाहक बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको हो ।

घाइते भएकाहरुमध्ये बिहिबार राति थप दुई जनाको उपचारको क्रमा मृत्यु भएपछि मृतकहरूको संख्या १८ पुगेको र सबैको सनाखत भएको बाराका प्रहरी प्रबक्ता राजेश थापाले जानकारी दिए ।

Sponsored

बस दुर्घटनामा परेर मृत्यु हुनेहरूमा बाराको कलैया उपमहानगरपालिका २ बस्ने ४० वर्षीय लिलाराज चौधरी, कलैया १० बस्ने ३५ वर्षीया नाजलिन खातुन, सोही स्थानको २५ वर्षीया इताजत अन्सारी, जितपुरसिमरा उपमहानगरपालिका २२ बस्ने २८ वर्षीय सुरेश विक, करैयामाई गाउँपालिका २ घर भई चितवन भरतपुर १२ बस्ने १६ वर्षीया प्रितिका चौधरी, सूवर्ण गाउँपालिका ७ बस्ने ५५ वर्षीय रामआश्रय राय यादव रहेका छन् ।

यस्तै, पर्साको वीरगञ्ज महानगरपालिका १६ बस्ने ६५ वर्षीय सोमप्रसाद चौरासिया, सोही स्थानकी ३६ वर्षीया मन्निदेवी चौरासिया, ६० वर्षीया मालती देवी चौरसिया, सखुवाप्रसौनी गाउँपालिका ६ लखनपुर बस्ने ५५ वर्षीय गया राउत कम्करको पनि उपचारको क्रममा मृत्यु भएको थापाले बताए ।

यस्तै, चितवनको खैरहनी नगरपालिका ५ बुडौली बस्ने ६३ वर्यीया नन्दकुमारी पुडासैनी, कालिका नगरपालिका रमाईलो चोक बस्ने १५ वर्षीय सफल कँडेल, खैरेनी नगरपालिका ५ बस्ने ३५ वर्षीय मनोरथ पुडासैनी, मकवानपुरको हेटौँडा उपमहानगरपालिका ७ बस्ने ५६ वर्षीय शुभलक्ष्मी श्रेष्ठ, सोही स्थानकी सोस्तिका श्रेष्ठ, ओखलढुङ्गा बस्ने लालबहादुर बोगटी, गोरखा बस्ने ३५ वर्षीय अम्बिका कँडेल र धनुषाको जनकपुरधाम उपमहानगरपालिका ५ बस्ने ५० वर्षीय सन्तोषकुमार रायको मृत्यु भएको हो ।

Sponsored

मृतक मध्ये १० जना पुरुष र ८ जना महिलाहरू रहेको छ ।

बिहीबार बिहान नारायणघाटबाट वीरगञ्जतर्फ आउँदै गरेको बा प्र ०६–००१ ख ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका २२ अमलेखगञ्ज स्थित ३ नम्बर पुलबाट तल खोलामा खसेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *