TodayPati

बाराबाट २० किलो चरेससहित तीनजना पक्राउ

टुडेपाटी-
जनकपुरधाम, असोज २१ गते ।

सशस्त्र प्रहरीले लागूऔषध २० किलो चरेससहित बाराबाट तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पर्साको वीरगन्ज महानगरपालिका १९ नगवा वस्ने वर्ष ३० का मुकेश श्रीवास्तव, वडा नं.-२ छपकैया बस्ने वर्ष १६ का मुस्तफा देवान र बाराको महागढीमाई नगरपालिका १ बस्ने वर्ष ३७ का मुस्तान देवान रहेका छन् ।

Sponsored

शुक्रबार बिहान बाराको पचरौता नगरपालिका ७ बेनोली स्थित सशस्त्र प्रहरी बल नेपाल नं.१२ गण आरा मातहत रहेको सशस्त्र प्रहरी बल, नेपाल बोडर आउट पोष्ट बेनौलीबाट खटिएको टोलीले उनीहरुलाई चेकजाँचको क्रममा पक्राउ गरेको हो ।

नेपालबाट भारततर्फ ना.१ ह. ६२३४ नम्बरको अटोमा २ वटा ग्यालेनमा २० किलो चरेश लैजाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद लागूऔषध २० किलो चरेससहित उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको सशस्त्र प्रहरी मधेश प्रदेशका डिआजी गणेश ठाडा मगरले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *